images
images

१ करोड १५ लाख रुपैयाँ घुस खने प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ

काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुली पक्राउ परेका छन् । उनलाई बुधबार कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेकाे हाे ।

उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरिदिन भन्दै पर्वतलाई पत्राचार गरेको थियो। उनलाई पक्राउ गरी आजै पोखरा पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले  बताए ।

सर्वसाधारणले मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले रजिष्ट्रार पराजुलीलाई घुस खुवाएको बयान दिएका थिए ।

स्याङ्जामा सहकारीको सेवा केन्द्र बिस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार पराजुलीलाई १ करोड १५ लाख रुपैयाँ घुस दिएको बताएका थिए।