images
images

देशी-विदेशी प्रतिक्रियावादी शक्तिले मुलुकमा षड्यन्त्रका तानावाना बुनिरहेका छन् : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले मुलुकमा षड्यन्त्रका तानावाना बुनिरहेको बताउनुभएको छ ।

बुधबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्दिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरुले संविधानमाथि आक्रमण गर्ने काम फेरि सुरु गरेकाले राजनीतिक दलहरुले फेरी गम्भिर भएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । उहाँले मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढनका लागि समाजवादी मोर्चामा आवद्ध सबै दलहरु एकतावद्ध भएर अघि बढ्न सहमत रहेको दावी समेत गर्नुभयो ।

समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँ भित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल भित्र्याएको र त्यसको समाधानका लागि मोर्चामा आवद्ध सबै दलहरु एकभएर अघि बढन सहमत रहेको अध्यक्ष नेपालले बताउनुभयो । उहाँले संविधान जोगाउनका लागि आफूहरुले विगतमा एमालेभित्रैबाट बिद्रोह गर्नुपरेको र त्यसमा सफलता हात लागेको जिकिर समेत गर्नुभयो ।

अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन, बनाउन र लोकप्रिय बनाउने काममा कसरी लाग्न सकिन्छ भन्ने बारेमा पनि समाजवादी मोर्चाभित्र छलफल सुरु गरिएको बताउनुभयो ।