images
images

राष्ट्रपति पौडेलद्वारा प्रभु बैंकका सिईओ शेरचन सम्मानित

काठमाडौं, ११ पुष । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रभु बैंक लिमिटेडका सीईओ अशोक शेरचन सम्मानित भएका छन् । आज (बुधबार) सातौं बागलुङ महोत्सवमा शेरचन राष्ट्रपति पौडेलद्वारा सम्मानित भएका हुन् ।

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा सफल नेतृत्व गरेको र बैकिङ क्षेत्रबाट देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै सिइओ शेरचनलाई सम्मान गरिएको हो । शेरचनपनि बागलुङमा जन्मिएका हुन् । उनी सफल बैंकर हुन् । यो क्षेत्रमाउनको झण्डै तीन दशकको अनुभव छ ।