images
images

आज मन्त्रिपरिषद्को बैठक बस्दै

सरकारको एक वर्ष कार्यकाल पूरा भएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बिहीबार बस्दै छ।

सहरी विकासमन्त्री सिता गुरुङले बिहीबार दिउँसो तीन बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको बताइन। स्रोतका अनुसार बिहीबारको बैठकले  केही सचिवहरूको सरुवा गर्ने सम्भावना छ। यस बाहेक केही महत्त्वपूर्ण निर्णय हुने स्रोतले बतायो।

२०७९ पुस १० गते पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यसको भोलीपल्ट उनले मन्त्रिपरिषद् विस्तार गरेका थिए।