वैदेशिक रोजगार विभागको महानिर्देशकमा घिमिरे नियुक्त

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकमा सह–सचिव डण्डुराज घिमिरे नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घिमिरेलाई महानिर्देशकमा गरेको हो ।

दुई वर्षका लागि भनेर नियुक्त भएका तत्कालीन महानिर्देशक मदन दहालकाे सात महिनामा सरूवा भएपछि विभाग दुई हप्ताभन्दा लामाे समयदेखि नेतृत्वविहीन थियो ।

श्रम मन्त्रालयले शुक्रबार नयाँ महानिर्देशक पठाएको हाे । नवनियुक्त महानिर्देशक घिमिरेले शुक्रबारदेखि नै पदबहाली गरेका छन् ।