images
images

जनयुद्ध दिवसमा बिदा नदिन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा नदिन आदेश दिएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। सरकारले फागुन १ गते सार्वजनिक बिदा दिँदै आएको थियो ।

शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या छ ।

फैसलामा भनिएको छ, ‘नेपालको संविधानको मूल भावना विपरीत निर्णय गर्ने अधिकार संविधानको धारा ७५ ले मन्त्रिपरिषदलाई दिएको सम्झन नमिल्ने हुँदा जनयुद्ध दिवसको अवसरमा भनी देशभर सार्वजनिक बिदा दिने नेपाल सरकारको निर्णय र सुचनाहरुसमेत उत्प्रेषणको आदेशद्धारा बदर गरिएको छ ।’