images
images
images

सिप बिल्डिङवालालाई ईपीएस परीक्षाका लागि आवेदन आह्वान

काठमाडौँ । सिप बिल्डिङ क्षेत्रकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन्। वैदेशिक रोजगार विभागले उनीहरूलाई आवेदन दिन पाउने निर्णय गरेको हो । त्यसका लागि पुस १६ गतेदेखि १८ गतेसम्म आवेदन दिन आह्वान गरेको छ ।

सिप बिल्डिङ क्षेत्रमा आवेदन दिएका ३१ हजार भन्दा बढिले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने व्यवस्था थियो। चर्को दबाब तथा उच्च अदालत पाटनको अन्तरिम आदेशपछि उनीहरूका लागि आवेदन खुला गरेको हो।

अदालतले निवेदकसहित इच्छुक सबैलाई आवेदन फाराम भर्न दिन आदेश जारी गरेको थियो। यसअघि सुरज पाठकसहित १८ जनाको हकमा फाराम भर्न दिन भन्दै आदेश जारी गरेको थियो। त्यसपछि उनीहरूले आज आवेदन फाराम भर्न निवेदन दिएका थिए। ती बाहेककाले आन्दोलन गर्ने क्रममा दुई जनाको मृत्यु भएको थियो।

b1b2