images
images

यो देशले मर्न नसक्ने नागरिकलाई अपराधी बनाउँछ : बालेन शाह

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यो देशले सज्जन व्यक्तिलाई लाचार बनाउने बताएका छन्।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले  लाचारलाई मर्न बाध्य बनाउने बताएका हुन्। उनले लेखेका छन्, ‘मर्न नसकेकोलाई अपराधी बनाउँछ, अपराधपछि आफू उठ्ने माध्यम बनाउँछ। यो देशले मुर्दाघर बनाउँछ, बाँच्ने ठाउँ दिँदैन , परिस्थितिले लाशको दर बनाउँछ,  मान्छेलाई भाउ दिँदैन।’