images
images

बर्दियाबाट भ्रमणमा दाङ आउँदै गरेकाे बस दुर्घटना, २० जनाभन्दा बढी यात्रु घाइते

दाङ- दाङमा बस दुर्घटना भएको छ। दुर्घटनामा परी २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

बर्दियाबाट चखाैरा भ्रमणमा जान थालेकाे भे १ ख २०४१ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१३ भञ्ज्याङ् नजिक ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी ठाकुरप्रसाद पाेख्रेलले जानकारी दिए।

पाेख्रेलका अनुसार घाइतेहरू खतरामुक्त रहेकाे र उनीहरूकाे राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भइरहेकाे छ।

बर्दियाकाे बढाैयाताल गाउँपालिका-६ को कृषक समूहका सदस्य दाङ भ्रमणमा आउँदै थिए।

बसमा ४०/४५ जना सवार रहेकाे र केही घाइतेहरूलाई उपचारको लागि बाँके लगिएको छ।