images
images

परिवर्तनको निम्ति सरकार अहोरात्र खटिरहेको छ: मन्त्री गुरुङ

शहरी विकासमन्त्री सीता गुरूङले सरकार नागरिकको अवस्था परिवर्तनका लागि अहोरात्र खटिरहेको बताएकी छिन्।

आइतबार काठमाडौंको टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सव–२०८० लाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकार नागरिकको अवस्था परिवर्तनको निम्ति अहोरात्र खटिरहेको बताएकी हुन्।

उनले नागरिकको बढ्दो असन्तुष्टि र नकारात्मक टिप्पणीहरुप्रति सरकार सजग रहेको जिकिर गरिन्। केही भएको छैन र केही हुँदैन भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै विगतका दिनहरुमा भन्दा अहिले राम्रो हुँदै गइरहेको उनको भनाइ थियो।

उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी सहभागिता जोगाउने चुनौती रहेको पनि जनाइन् संविधानलाई संस्थागत गर्न सबैले साझा संकल्प गर्नुपर्नेमा उनले जोड दिइन्।

मन्त्री गुरुङले नेपालको सांस्कृतिक मूल्य र मान्यताहरुलाई बचाउनुपर्ने बताइन्। धार्मिक र सांस्कृतिक सम्पदा र संस्कृतिलाई सबैले जोगाएर लानुपर्ने उनको भनाइ थियो।