images
images

राष्ट्रियसभाको सिट बाँडफाँडबारे गठन्धनका दुई दल कांग्रेस माओवादीको छुट्टै छलफल

काठमाडौँ – सत्ता गठबन्धनका दुई ठूला दल कांग्रेस र माओवादी केन्द्रले राष्ट्रियसभाको सिट बाँडफाँडबारे छलफल गरेका छन्।

माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि पुस २३ गते मनोनयन मिति तोकिएको छ। मनोनयतका मिति नजिकिएसँगै दुई दलले राष्ट्रियसभाको १९ सिट गठबन्धनमा आबद्ध दलहरुबीच कसरी बाँडफाँड गर्ने भन्नेबारे छलफल गरेका हुन्।

गठबन्धनमा आबद्ध दलहरु मिलेको अवस्थामा राष्ट्रियसभाको सबै सिट जित्ने हुँदा दलहरुबीच बढी सिट लिनेमा हानाथाप देखिएको छ।

गठबन्धनका दलसँग अहिले राष्ट्रियसभामा भएको संख्या यथावत राखेर एमालेबाट रिक्त हुने ९ सिटको भागवण्ड कसरी गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवै दलका शीर्ष नेताहरु सहभागी थिए। छलफलमा पहिला दुई दलबीच समझदारी बनाएर गठबन्धनमा रहेका एकीकृत समाजवादी र जसपासँग थप कुराकानी गर्ने समझदारी बनेको छ।