images
images

गृह प्रशासन सुधारबारे पूर्व मुख्यसचिव नेतृत्वको समितिले माग्यो सुझाव

काठमाडौँ । गृह मन्त्रालय र अन्तरगतका निकायहरूको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनका लागी गर्नुपर्ने सुधारका उपाय पहिचान गर्न गठित समितिले सुझाव मागेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ४ मङ्सिरमा पूर्व मुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा १० सदस्यिय समिति गठन गरेका थिए ।

समितिले सुझाव माग्दै सार्वजनिक सूचना प्रकाशन गरेको छ । गृह प्रशासन अन्तर्गतका निकायहरूको कार्य सम्पादन सुधार र क्षमता विकाशको लागि आफ्ना अमूल्य सुझावहरू दिन समितिले भनेको छ । अध्ययन समितिले चारवटा उप–समिति गठन गरेको छ ।

स्थानीय प्रशासन सुधार, सशस्त्र प्रहरी सुधार, नेपाल प्रहरी सुधार र अध्यागमन व्यवस्थापन सुधार कसरी गर्न सकिन्छ भन्नेबारे सुझाव दिन समितिले आग्रह गरेको छ ।