images
images

राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि समेट्न कांग्रेस -माओवादी केन्द्र सकारात्मक

काठमाडौं– राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई पनि समेटेर अघि बढ्न कांग्रेस र माओवादी केन्द्र सकारात्मक भएका छन्। सत्ताको नेतृत्वकर्ता २ दलले बुधबार बिहान बालुवाटारमा बसेको बैठकमा त्यसबारे छलफल गरेका हुन्।

बुधबार बेलुका एमालेसँग छलफल गर्ने भनिएको छ। त्यसअघि सत्ता गठबन्धनको बैठक बस्ने कांग्रेसका १ नेताले बताए। उनका अनुसार, एमालेलाई समेट्न सकारात्मक भए पनि त्यसको विस्तृत ढाँचा तय भइसेको छैन।

फागुनमा रिक्त हुने राष्ट्रिय सभाका २० स्थानमध्ये १९ का लागि माघ ११ मा निर्वाचन हुँदैछ। सत्ता गठबन्धनले साझा उम्मेदवार तयार गरेर उम्मेदवारी दिएमा उनीहरूले नै सबै प्रदेशमा जित्ने सम्भावना छ।