गठबन्धनको बैठक सकिएलगतै बालुवाटारमा पुगे अध्यक्ष ओली

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीको बैठकलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी आली बालुवाटार पुगेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन भागबण्डाबारे  सत्ता गठबन्धनको बैठक बसिरहेका बेला ओली बालुवाटार पुगेका हुन् ।

सत्ता गठबन्धनको बैठकमा के सहमति भयो भन्ने सार्वजनिक भैसकेको छैन । तर जसपाका अध्यक्ष उपेन्द्र यादवले भने बैठक निष्कर्षविहिन भएको बताएका छन् । उनले भोलि बिहान पुन: बस्नेगरी बैठक स्थगित भएको बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीको बैठकलगत्तै एमाले अध्यक्षसहितका नेताहरु बालुवाटार पुगेपछि संयुक्त बैठक बस्ने बताइएको छ ।