काठमाडौँ- संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा काठमाडौँमा जाहेरी परेको छ ।
धार्मिक भावनामा आँच पुर्याएको भन्दै किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा काठमाडौंका ध्रुवराज लुइँटेलले किराँतीविरुद्ध हुलाकमार्फत जाहेरी पठाएका हुन् ।
मन्त्री किरातीले पुस ४ गते एक कार्यक्रममा क्रिश्चियन धर्म मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देश द्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेलमा हालिने” भनी भाषण गरेकाे र क्रिश्चियन धर्मको प्रचारकजस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभाव पुर्याएको र जाहेरीमा दाबी गरिएको छ ।
लुइँटेलले उनलाई पक्राउ गरी मुलुक अपराध संहिता २०७४ को दफा १५६ को उपदफा १ को कसूरमा ऐनकको दफा १५६ को उपदफा २ बमोजिम ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउनसमेत माग गरेका छन् ।
जाहेरीको पूर्णपाठ