images
images

पशुपतिमा हुने आरतीको भिडियो सामाजिक सञ्‍जालमा पोष्‍ट गर्न नपाइने

काठमाडौं । पशुपतिमा हुने आरतीको भिडियो खिचेर सामाजिक सञ्‍जालमा पोष्‍ट गर्न नपाइने भएको छ ।

पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले जारी गरेको संयूक्त सूचनामा बागमती किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दिप प्रज्वलनको भिडियो खिच्न मनाही गरिएको हो ।

अबदेखि पशुपति मन्दिर तथा बागमती पारी हुने सन्ध्या आरतीको भिडियो खिचेर सामाजिक सञ्जालमा हाले कपीराईट ऐन अन्तर्गत कारबाही गरिने बताइएको छ ।

सूचनामा –‘यहाँ खिचिएको भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा कपीराईट ऐन अन्तर्गत कारबाही गरिने जानकारी गराउँछौ,’ भनिएको छ ।