images
images

शहीद लखन गाउँपालिका नाम्जुङ्गमा स्वास्थ्य शिविरमा म्याद गुज्रेको औषधि वितरण

शहिद लखन गाउँपालिका र लायन्स क्लब अफ चितवन नवलपुर समृद्धिको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरमा म्याद गुज्रेको औषधि वितरण गरिएको सप्रमाण समाचार छ ।

लोकरिझ्याँई गर्न पल्केका शिविरका आयोजकले कोशीस क्यान्सर सेण्टर प्रालिको बिल भौचरमा उल्लेख गरी वितरित औषधी म्याद गुज्रेको पाइएको हो । यसको प्रमाणहरु यसैसाथ देख्न सकिन्छ ।

डा. सरिता राना गुरुङको स्वामित्वमा रहेको क्यान्सर सेण्टरको स्थायी ठेगाना भरतपुर १० चितवन हो ।
करिव ६ सय जना सहभागि रहेको स्वास्थ्य शिविरमा परीक्षणपछि लेखिएको औषधीभन्दा भिन्न औषधी बाँडेर पनि जनस्वास्थ्यमा खेलबाड गरएिको सहभागीहरुले बताएका छन् । उक्त औषधी सेवन गरेपछि मान्छे हरुमा भोमिट हुने चक्कर लाग्ने राता डाबर उठ्ने समस्य देखिएको सहभागिको भनाई छ ।