images
images

भारतीय विदेशमन्त्रीले गरे मधेस केन्द्रित तीन दलका अध्यक्षसँग सामूहिक छलफल

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा एस जयशंकर र मधेस केन्द्रित तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । बिहिबार भएको भेटमा उनहरुबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा अन्तरक्रिया भएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

भेटमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी थिए।

यसअघि भारतीय विदेशमन्त्री डा जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए। उनी भ्रमण सम्पन्न गरी  पुस २० गते स्वदेश फर्कदैछन्।