काठमाडाैँ- गृह मन्त्रालयले ललितपुरमा प्रमुख जिल्ला अधिकारी सिडिओको जिम्मेवारी सहसचिव तुलसीबहादुर श्रेष्ठलाई र प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शेखर खनाललाई दिएको छ।
उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका श्रेष्ठलाई ललितपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी र प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी खनाललाई ललितपुरमा प्रहरी प्रमुखको जिम्मेवारी दिएको गृह मन्त्रालय श्रोतले जानकारी दिएको छ। बालकुमारी भएको घटनामा २ जनाको मृत्यु भएपछि ललितपुरका सिडिओ र एसएसपीलाई सरकारले फिर्ता बोलाएको थियो।