images
images
images

कांग्रेसको बैठक बीचमै छाडेर हिँडे शेखर कोइराला

काठमाडौँ : नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेता डा शेखर कोइरालाले दलको केन्द्रीय कार्यसम्पादन समितिको बैठक छाडेर हिँडेका छन्।

उनी राष्ट्रियसभा चुनावमा कांग्रेसका उम्मेदवार छनोट गर्न बसेको पार्टीको केन्द्रीय समितिको बैठक छाडेर हिँडेका हुन्। ललितपुर सानेपास्थित कांग्रेसको कार्यालयमा चलिरहेको बैठक छाडेर नेता कोइराला बाहिरिएका हुन्।

राष्ट्रियसभा चुनावमा उनको समूहले ४ सिट मागेकोमा संस्थापन पक्ष दिन तयार नभएपछि उनी बीचमै बैठक छाडेर हिँडेका हुन्।

कोइराला समूहले चुनावमा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा १/१ वटा सिट मागेको छ। तर कांग्रेस सभापति शेरबहादुर देउवा समूह भने बागमती, गण्डकी र लुम्बिनी गरि ३ सिटमात्र कोइराला समूहलाई तयार भएको छ।

कांग्रेसबाट राष्ट्रियसभा चुनावमा हालसम्म कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिने टुंगो लागेको छ भने मधेश प्रदेशमा आनन्द ढुङ्गानाको नाममा लगभग सहमति जुटेको छ।