२०८० पुष २३ गते। गोरखा जिल्ला वाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका संघीय सांसद एकनाथ ढकालले गोरखाको मनकामनामा तुरुन्त “हेल्थ पोस्ट” सेवा संचालन गर्न माग गरेका छन्।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाइ उहाँकै कार्यकक्षमा भेटि ढकालले लिखित रुपमा उक्त माग पेश गरेका हुन्। मन्त्रि बस्नेतलाई पेश गरिएको पत्रमा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा न २ को प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिरमा दर्शन गर्न आउने हजारौं दर्शनार्थीहरु र स्थानीय बासिन्दाको सुबिधाको लागि स्वास्थ्यकर्मि र स्वास्थ्य उपकरणहरु सहितको हेल्थ पोस्ट तुरुन्त संचालनकोलागि आबस्यक दरबन्दी उपलब्ध गरिदिन माग गरिएको छ।
सांसद ढकाल केहि समय अघि मनकामनाको दर्शन गर्न जाँदा मूल पुजारी इन्सानबहादुर थापामगर तथा स्थानीयले हेल्थ पोस्ट नहुदाको दुख बारे उहाँलाई जानकारी गराएका थिए।
मन्त्रि बस्नेतले हेल्थ पोस्ट संचालनको लागि जिल्ला अस्पताल संग समन्वयन गरि आबस्यक पहल गर्ने बताउनु भएको सांसद ढकालका स्वकीय सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए।