images
images

कोशी प्रदेशको सभामुखमा राप्रपाका उम्मेदवार सर्वसम्वत, एमालेले उम्मेवारी नदिने

काठमाडौं- कोशी प्रदेशको सभामुखमा राप्रपाका उम्मेदवार सर्वसम्वत रुपमा चयन हुने देखिएको छ। मंगलबार हुने कोशी प्रदेश सभाको सभामुखको निर्वाचनमा नेकपा एमालेले उम्मेदवार नउठाउने निर्णय गरेसँगै राप्रपाको उम्मेदवार सर्वसम्मत हुने देखिएको हो।

मंगलबार बिहान बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेकोले राप्रपाका उम्मेदवारको मात्र उम्मेदवारी दर्ता हुने देखिएको छ। नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार एमालले उम्मेदवारी दर्ता गर्दैन भने सत्ता गठवन्धन बाहेकको उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ।

कोशी प्रदेश सभाका दलहरूले प्रदेश सभाको सभामुख निर्वाचन मंगलबार दिउँसो ३ बजे निर्वाचन कार्यतालिका तय भएको छ। प्रदेश सभाको  कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको थियो।

सभामुखको टुङ्गो लगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठक बिहानैदेखि चलिरहेको छ।
सत्तारुढ गठबन्धनको सहमतिमा पनि  सभामुख राप्रपालाई दिने भनिएको थियो ।