images
images

जर्मनीका महान फुटबलर बेकनबउरको निधन

काठमाडौं– जर्मन फुटबलका सम्राट भनेर चिनिने फ्रान्ज बेकनबर ७८ वर्षको उमेरमा निधन भएको  छ। खेलाडी र प्रशिक्षक दुबैको रुपमा विश्वकप जितेका बेकनबरको सोमबार निधन भएको हो।

उनले खेलाडीको रुपमा जर्मनलाई सन् १९७४ मा र प्रशिक्षकको रुपमा सन् १९९० मा विश्वकप  जिताएका थिए। सन् १९९४ मा बेकनबर पश्चिम जर्मनीको कप्तानको रुपमा थिए।

उनले सन् १९९० को विश्वकपमा जर्मनीलाई एकताबद्ध बनाउन महान भूमिका खेलेका थिए।

फुटबलका काइजर (सम्राट) उपनामले चिनिने उनले सन् १९७२ मा युरोपियन च्याम्यिनसिप र दुई पटक बालोन डी–ओर समेत जितेका थिए। बेकनबरको निधनबारे उनको परिवारले पहिलोपटक जर्मन न्यूज एजेन्सी डीपीएलाई जानकारी गराएका थिए। 

उनको मृत्युको कारणबारे भने केही खुलाइएको छैन। उनी पछिल्लो समय स्वास्थ्य समस्याबाट गुज्रिरहेका थिए।

उनको निधनमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो, फिट सिल्टनलगायत विश्व फुटबलका महान खेलाडीहरूले दु:ख व्यक्त गरेका छन्।