images
images

रास्वपाका केन्द्रीय सदस्य र सांसदको वार्षिक लेबी २५ हजार

काठमाडौं, २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद र केन्द्रीय सदस्यबाट बार्षिक लेबी २५ हजार उठाउने निर्णय गरेको छ । आज (मंगलबार) सिंहदरबारस्थित दलको कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

साथै, बैठकले पार्टी सदस्यता शुल्क एक हजार रुपैयाँ तोकेको छ । त्यसैगरी बैठकले पार्टीको उर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको छ ।

त्यसैगरी पार्टीको केन्द्रीय निर्वाचन आयोगको सचिवमा भूमिनन्द बराल र सदस्यहरुमा प्रा.डा. अत्यन्द्र दाहाल, राम गुरुङ, अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।