प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयबाट १३ जनालाई हटाएका छन्।
उनीहरूलाई माघ १ गतेदेखि लागू हुने गरी हटाइएको प्रधानमन्त्रीको सचिवालय जानकारी दिएको छ।
प्रधानमन्त्रीको सचिवालयले स्वकीय सहसचिव रहेका नारायणप्रसाद ढुंगाना र स्वकीय उपसचिव रमेशप्रसाद गुरागाईंलाई बिदा गरेको हो।
त्यस्तै स्वकीय उपसचिव ओमकुमारी पौडेल, स्वकीय उपसचिवकै भूमिकामा रहेकी सावित्रीकुमारी अधिकारी पनि हटाइएकी छिन्।
स्वकीय उपसचिव कलबहादुर नाथ, स्वकीय शाखा अधिकृत लाले कुमल, प्रशासन सहायक युवराज शाह पनि हटाइएका छन्।
यसैगरी प्रशासन सहायक रामलाल पराजुली, कम्प्युटर सहायक बासुदेव शर्मा कम्प्युटर सहायक, कम्प्युटर सहयोगी खड्क योगी, कार्यलय सहायक अविनाश वाइवा, हलुका सवारी चालकद्वय रमेशप्रसाद घिमिरे पवित्रबहादुर शाहीलाई बिदा गरिएको छ।