images
images

प्रधानमन्त्रीको प्रेस संयोजकमा हरि लामिछाने

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस संयोजकमा हरि लामिछाने नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयमा प्रेस संयोजकका रुपमा रहेका नारायणप्रसाद ढुंगाना (सूर्य किरण) लाई हटाएर उक्त ठाउँमा लामिछानेलाई लगिएको हो ।

राष्ट्रिय समाचार समितिमा कार्यरत रहेका लामिछानेलाई आज (मंगलबार) देखि नै लागू हुनेगरी कार्यादेश दिइएको बताइएको छ ।