images
images

सरकारले गर्‍यो चार निकायमा प्रमुख नियुक्त

काठमाडौँ – सरकारले महत्वपूर्ण चार निकायको प्रमुख नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ।

त्यस्तै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ल नियुक्त भएका छन्।

सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार सांस्कृतिक संस्थानको महाप्रबन्धकमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमपश्चिमका किरणबाबु पुन र नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष रमेशचन्द्र न्यौपानेलाई मनोनयन गरेको छ।