images
images

विकासको लागि आफू सँधै तयार रहेको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री थापा

बागलुङ,
जैमिनी नगरपालिकाले गण्डकी प्रदेश सरकारका नव नियुक्त उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापालाई सम्मान तथा बधाई ज्ञापन गरेको छ
सम्मान पछि बोल्दै मन्त्री थापाले आफूलाई नागरिकहरुले विकासको जिम्मा दिएर पठाएकाले आफू र आफ्नो मन्त्रालय ले विकास गर्ने बताउनुभयो ।
गण्डकी प्रदेशले अब साना योजना भन्दा ठुला र दिर्घकालिन योजना निर्माणमा ध्यान दिनेमा जोड दिनुभयो जैमिनीको विकासको लागि आफू सँधै तयार रहेको प्रतिवद्धता व्यक्त गर्दै गण्डकी प्रदेशबाट गर्न सकिने सबैखाले कार्यमा सहकार्य गरिने बताउनुभयो

सम्मान कार्यक्रम संगै जैमिनी नगरपालिकाका जनप्रतिनिधिहरुको १ बर्ष पुगेको अवसरमा प्रगति विवरण समेत सार्वजनिक गरिएको थियो ।
१ बर्षको अवधिमा गरेका उपलब्धीहरु सार्वजनिक गर्दै जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले नगरपालिकाले स्थानीय उत्पादनलाई प्रशोधन र बजारिकरण गर्न थालेको भन्दै उहाँले पालिकाबाट हुने सबै भुक्तानीहरु अनलाइनबाट गर्न थालिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख नर बहादुर पुन ले अब जैमिनी भरिका वडामा गैर आवासीय विधालय संचालन गर्ने पनि बताउनु भएको थियो र यसो गर्दा सम्पुर्ण बिद्यार्थी ले राम्रो सेवा सुबिधा पनि पाउने उहाले बताउनुभयो
कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले मन्त्री थापालाई मायाको चिनो र जैमिनी नगरपालिका-३ मा उत्पादन भएको सिस्नोको धुलो र बाँकोको गुन्द्रुक दिँदै नगरको विकासमा सक्दो पहल कदमी गर्न आग्रह गर्नुभयो । नगरपालिकाले लिएको दिगो विकासको लक्ष प्राप्तिको लागि प्रदेशको पनि महत्वपूर्ण भूमिका हुने भएकाले गण्डकी प्रदेशको तर्फबाट पर्यटकीय क्षेत्रमा सहयोगको आशा गरेको उहाँले बताउनुभयो