images
images

नेप्से सूचक फेरि दुई हजारबाट ओरालो लाग्यो, बजार घटे पनि यी कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार शेयर बजारमा पुनः गिरावट आएको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार आज ७ दशमलव ३१ अङ्कले घटेर नेप्से परिसूचक एक हजार ९९८ दशमलव ९६ विन्दुमा ओर्लिएको छ ।

यस दिन ३०८ धितोपत्रको ९४ लाख ९८ हजार २९८ कित्ता शेयर ६४ हजार १८१ पटक खरिदबिक्री हुँदा चार अर्ब १३ करोड ३३ हजार ६२ हजार ७२६ रुपैयाँ २३ पैसा बराबरको शेयर कारोबार भएको छ ।

आज नेप्से इन्डेक्सका साथै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा ०.३६% देखि ०.४५% सम्मले गिरावट आएको छ । यस्तै, १३ वटा उपसूचकहरूमध्ये माइक्रो फाइनान्स र ट्रेडिङबाहेक सबै उपसूचकहरू घटेका छन् ।

अघिल्लो कारोबार दिन मंगलबार २५ दशमलव ९३ अङ्कले बढेर नेप्से परिसूचक दुई हजार ६ दशमलव २८ विन्दुमा रोकिएको थियो भने चार अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँ ६६ पैसा बराबरको शेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका धितोपत्रमध्ये समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त र साधना लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै विजया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो । तर, बजार बन्द हुँदा सो कम्पनीको मूल्य ९.७१ प्र्रतिशतले मात्रै बढेको छ ।