images
images

पर्यटन बोर्डको सीईओ दौडमा १६ जना मङ्सिर मा प्रस्तुतीकरण

काठमाडौं -नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन् ।

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन गर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जनालाई सर्टलिस्टमा समावेश गरिएको हो ।

बोर्डको छनोट उपसमितिले शुक्रबार (कात्तिक २०) सार्वजनिक गरेको सूचनाअनुसार सर्टलिस्टमा परेका उम्मेदवारलाई वर्णानुक्रमअनुसार राखिएको छ ।

सूचीमा आशुतोष प्रधान (चितवन), उत्तम प्रसाद देवकोटा (चितवन), टेकबहादुर महत (इलाम), धर्मराज दवाडी (चितवन), नोजल कोइराला (मोरङ), युविका भण्डारी (काठमाडौं), राजाराम केसी (काठमाडौं) र रामचन्द्र सेढाईं (गोरखा) छन् ।

त्यस्तै रोहिणी प्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), विनोद अर्याल (पाल्पा), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्रीप्रसाद भट्टराई (रुपन्देही), सन्तोष विक्रम थापा (काठमाडौं), सुरेश सिंह बुडाल (बैतडी) र हिकमत सिंह ऐर (कञ्चनपुर) पनि सर्टलिस्टमा परेका छन् ।

छनोट उपसमितिले सर्टलिस्टमा परेका उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे शैक्षिक योग्यता तथा अनुभवका सक्कल कागजातसहित नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन सूचित गरेको छ ।

उम्मेदवारहरूले सोही अवसरमा आफ्नो कार्ययोजना र दृष्टिकोणसहित प्रस्तुतीकरण दिनुपर्नेछ । त्यसपछि नियुक्ति सिफारिस प्रक्रिया अघि बढ्नेछ ।