images
images

राष्ट्रपति रामचन्द्र पौडेललाई रवि लामिछाने गरे भेट,के भयाे छलफल ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा सरकार, संसद्, अध्यादेश तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र मुलुकको समसामयिक अवस्थाबारे विचारविमर्श भएको थियो ।