काठमाडौं – जनकपुरमा लामो समयदेखि माछा तथा खानपान व्यवसायमा आबद्ध राजु गुप्ताले आफ्नो व्यावसायिक यात्रा काठमाडौंसम्म विस्तार गरेका छन्।
जनकपुरमा लामो अनुभव र सफलतापछि उनले राजधानीको नयाँ बानेश्वरस्थित शान्तिनगर चोक–३१ मा ‘जनकपुर गुप्ता हेल्दी फिस हाउस’ सञ्चालनमा ल्याएका हुन्।
जनकपुरको खानपान परम्परा र माछाका परिकारको स्वादलाई राजधानीमा पनि उपलब्ध गराउने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो। लामो समयदेखि यसै व्यवसायमा संलग्न गुप्ताले जनकपुरमा हासिल गरेको अनुभवलाई काठमाडौंमा समेत निरन्तरता दिने प्रयास गरेका छन्।
रेस्टुरेन्टमा जनकपुरको स्वाद झल्काउने विभिन्न प्रकारका माछाका परिकार उपलब्ध छन्। फिस खाना, फिस खाजा सेट, फिस प्रतिपिस, फिस प्रतिपेटी, प्राउन फिससँगै मटन तास र भुजालगायतका परिकार पनि राखिएका छन्।
पूर्ण पारिवारिक वातावरणमा सञ्चालन गरिएको रेस्टुरेन्टमा ग्राहकले परिवार तथा आफन्तसँग बसेर खानपिन गर्न सक्ने सञ्चालकको अपेक्षा छ। विशेषगरी जनकपुरको माछाको स्वाद मन पराउने तथा राजधानीमा बसोबास गर्दै आएका जनकपुर र मधेस क्षेत्रका बासिन्दाका लागि रेस्टुरेन्ट नयाँ विकल्पका रूपमा खुलेको छ।
जनकपुरमा लामो समयदेखि व्यवसाय गर्दै आएका गुप्ताले काठमाडौंमा पनि आफ्नो सेवा विस्तार गर्नुले क्षेत्रीय खानपानको स्वादलाई राजधानीमा स्थापित गर्ने प्रयासलाई थप जोड दिएको छ।
‘जनकपुर गुप्ता हेल्दी फिस हाउस’ नयाँ बानेश्वरको शान्तिनगर चोक–३१ मा रहेको छ। रेस्टुरेन्टमा सम्पर्कका लागि ९७४०२६४६०५ नम्बर उपलब्ध गराइएको छ।









