images
images

तिहार, नेपाल संवत् र छठमा जसपा नेपालको शुभकामना, सामाजिक सद्भाव र समानतामा जोड

ललितपुर – जनता समाजवादी पार्टी (जसपा) नेपालले तिहार, नेपाल संवत् ११४६ तथा छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना व्यक्त गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरबाट जारी शुभकामना सन्देशमा यी पर्वहरूले सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति ल्याउने विश्वास व्यक्त गरिएको छ।

पार्टीले तिहार, नेपाल संवत् र छठलाई धार्मिक तथा सांस्कृतिक आस्थासँगै सामाजिक एकता, आपसी सद्भाव, सहिष्णुता र बन्धुत्व अभिवृद्धि गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेको छ।

शुभकामना सन्देशमा समाजमा विद्यमान अन्याय, असमानता र विभेद अन्त्यका लागि न्याय, समानता तथा सामाजिक रूपान्तरणको चेतना प्रवाह हुनुपर्नेमा जोड दिइएको छ।

त्यस्तै, धार्मिक आस्था र सांस्कृतिक परम्पराको संरक्षणसँगै राष्ट्रिय एकता, पारस्परिक सम्मान र समतामूलक समाज निर्माणमा पर्वहरूले प्रेरणा प्रदान गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ।

जसपा नेपालका कार्यवाहक अध्यक्ष शरत् सिंह भण्डारीद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा उल्लिखित पर्वहरूले नेपाली समाजमा आपसी विश्वास, एकता र सद्भाव थप मजबुत बनाउने अपेक्षा व्यक्त गरिएको छ।