images
images

नेपाली उत्पादनको प्रवर्द्धनमा दुग्ध विकास संस्थान बनस्थलीको जोड, किसानको मिहिनेतको सम्मान गर्न आग्रह

काठमाडौं – नेपाली किसानको मिहिनेतको सम्मान गर्दै स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धन गर्न दुग्ध विकास संस्थान (डिडिसी) बनस्थलीले सम्पूर्ण नेपाली उपभोक्तालाई आग्रह गरेको छ।

नेपालमै उत्पादित गुणस्तरीय दुग्धजन्य सामग्रीको उपभोगले नेपाली किसानलाई प्रोत्साहन मिल्नुका साथै स्वदेशी उद्योगको विकास र राष्ट्रिय अर्थतन्त्रलाई समेत मजबुत बनाउन सहयोग पुग्ने विश्वास डिडिसी बनस्थलीले व्यक्त गरेको छ।

डिडिसी बनस्थलीका सञ्चालक अमिर तिमिल्सिनाले नेपाली किसानको अथक मिहिनेतबाट उत्पादित स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

उनले स्वदेशी उत्पादनको उपभोग गर्नु भनेको नेपाली किसानको श्रमको सम्मान गर्नु र देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउनु भएको उल्लेख गरेका छन्।

यसैबीच, शुभ दीपावली तथा तिहारको पावन अवसरमा सञ्चालक तिमिल्सिनाले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

‘स्वदेशी उत्पादन हाम्रो पहिचान, नेपाली किसान हाम्रो शान’ भन्ने सन्देशसहित डिडिसी बनस्थलीले नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धनमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छ।

डिडिसी बनस्थली बनस्थली, काठमाडौं