काठमाडौँ – नेपाल प्रहरीको महानिरिक्षकमा आफ्नो निरन्तरता हुनुपर्ने माग गर्दै दानबहादुर कार्की सर्वोच्च अदालत पेश गरेको रिट निवेदन अध्ययन भइरहेको प्रशासनले जनाएको छ।
बुधबार आफूलाई महानिरिक्षक पदबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाहको सुरक्षा सल्लाहाकारमा नियुक्त गरेपछि खारेजीको माग गर्दै कार्कीले वारेसमार्फत रिट पेश गरेका हुन्।
सर्वोच्चका एक अधिकारीका अनुसार बिहीबार रिट आए पनि अध्ययनकै क्रममा रहेको जानकारी दिए।
ती अधिकारीले भने, ‘रिट निवेदन आएको छ। हामी अध्ययन गर्दैछौँ। आज मुख्यरजिष्ट्रार ज्यू काम परेर बाहिर जानुभएको थियो। त्यस हिसाबले पनि दर्ता भएको छैन।’
आफू हटाएर एआइजी मनोज केसीलाई सरकारले आइजिपी नियुक्त गरेपछि त्यसलाई बदर गर्न माग गर्दै कार्की सर्वोच्च अदालत गएका हुन्।









