images
images

सबै कम्युनिष्ट पार्टी एउटै झण्डामुनी उभिनुपर्छः महासचिव गुरुङ

काठमाडौं, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सबै कम्युनिष्ट पार्टीबीच एकता भएमात्र देशको समृद्धि सुनिश्चित हुने बताएका छन् । पूर्वपिएलए मकवानपुरको आयोजनामा आज झुरझुरेमा भएको कार्यक्रममा उनले छिट्टै माओवादीबाट टुक्रिएका दलहरु एक हुने बताए । सबै कम्युनिष्ट पार्टी एउटै झण्डामुनी उभिनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

उनले जनयुद्धका क्रममा लिइएको परिवर्तनको सपना पूरा गर्न अझै बाँकी रहेको बताउँदै भने, “शान्ति सम्झौतापछिको १८ वर्षमा हामीले व्यवस्था परिवर्तन गर्न सक्यौँ तर अवस्था परिवर्तन गर्न बाँकी छ, शान्ति सम्झौता अझ टुङ्गोमा पुगेको छैन यो पनि बाँकी छ ।” उनले शान्ति सम्झौता टुङ्गोमा नपुगेकाले समय–समयमा समस्या आइरहेको बताए ।

उनले जनयुद्धका क्रममा झुरझुरेमा अन्तिम युद्ध भएको स्मरण गर्दै यस स्थललाई युद्धपार्क बनाएकामा बागमती गाउँपालिकालाई धन्यवाद दिए । पार्कको व्यवस्थापनमा ध्यान दिएर सङ्ग्रहालय बनाउन उनले सुझाव दिए ।