images
images

जनमत पार्टी सरकारबाट बाहिरियो, समर्थन फिर्ता

काठमाडौँ । जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।  सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्दै सरकारलाई दिने समर्थन समेत फिर्ता लिएको जनाएको छ ।

जनमत पार्टीका नेता चन्दन सिंहले सरकारलाई दिएको समर्थन फिर्तासँगै मन्त्रीहरुले पदबाट राजीनामा दिइसकेको जानकारी दिए ।