images
images

मन्त्रिपरिषद बैठक : माघ २२ मा संसद अधिवेशन बोलाउन सिफारिस

काठमाडौं : सरकारले संघीय संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले माघ २२ गते दिउँसो ४ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आव्हानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

संसदको अधिवशेन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ।