images
images

गण्डकीमा गठबन्धनका किरणबाबु, पदम र मनरुपा विजयीः २ मत बदर

पोखरा – राष्ट्रिय सभा निर्वाचनमा गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बिहीबार मतदानसँगै सकिएको मतगणनामा तीनै जना सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।

महिला क्लस्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा (विमला) विजयी भइन्। उनले ३ हजार ६६० मत प्राप्त गर्दै विजयी भएकी हुन्। शर्माले ३५ प्रदेशसभा सदस्य र ९५ स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गरे।

उनकी निकटम् प्रतिस्पर्धी नेकपा एमालेकी सम्झना देवकोटाले २ हजार ५५३ मत प्राप्त गरिन्। उनलाई २२ जना प्रदेश सभा सदस्य र ७३ जना स्थानीय तहका प्रमुख उप्रमुखले मत दिए। यस्तै राप्रपाकी गौमया श्रेष्ठलाई २ प्रदेशसभा सदस्यले मतदान गरे।
अपांगता/अल्पसंख्यक क्लष्टरमा नेपाली कांग्रेसका पदम परियार विजयी भएका छन्। उनले ३ हजार ७७४ मत ल्याउँदै विजयी भएका हुन्।

३५ प्रदेशभा सदस्य र १०१ स्थानीय तहका प्रमुख उपप्रमुले मतदान गरेका छन्। परियारका निकटम प्रतिस्पर्धी नेकपा एमालेका हेमन्द्र शेरचनले २२ प्रदेश सभा सदस्य र ६८ स्थानीय तहका प्रमुख उपप्रखुले मत दिँदा कुल २ हजार ४५८ मत पाए। अन्यतर्फ नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठले ३ हजार ८०८ मतका साथ विजयी हासिल गरेका छन्। उनले ३६ प्रदेश सभा सदस्य र १०० स्थानीय तहका प्रमुख उपप्रमुखको मत पाए।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४७७ मत पाए। उनलाई २२ प्रदेश सभा सदस्य र ६९ स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गरे। राप्रपाका रोमबहादुर भण्डारीलाई २ प्रदेशसभा सदस्यले मत दिएका छन्।

गण्डकीमा २२९ मत खसेको थियो। स्थानीय तहतर्फ १ मत खसेन। बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली मतदानमा अनुपस्थित भएको निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले बताए। न्यौपानेले दिएको जानकारी अनुसार १ जना प्रदेश सभा सदस्य र १ जना स्थानीय तहका प्रमुख, उपप्रखुले हालेको मत बदर भएको छ।

गण्डकीमा १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकाबाट १ सय ७० जना मतदाता थिए। प्रदेश सभातर्फ ६० जना सदस्य सदस्य राष्ट्रिय सभा निर्वाचनको मतदाता हुन्। गण्डकीमा राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल फागुन २० गते सकिँदै छ। अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट निर्वाचित भएका हुन्। पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए।