images
images

स्वास्थ्यमन्त्री बस्नेतको दाबीः अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् । आज (सोमबार) शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे ।

उनले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको पनि बताएका छन् । कमजोरीहरुलाई हटाएर अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ । उनले जनसंख्या बढीरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको बताए । देशमा कामै नपाउने अवस्था रहेको भन्दै उनले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको उल्लेख गरे ।