images
images

ओली भन्छन्ः मैले सुरुदेखि नै अत्यन्तै निष्ठाका साथ राजनीति गरेको छु

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुरुदेखि नै निष्ठाका साथ राजनीति गरेको बताएका छन्।

आफ्नो अभिव्यक्तिमा अन्कन्ट्रोल मिसाइल प्रहार भए पनि ठीक ठाउँमा ताकेर हान्ने गरेको ओलीको भनाइ थियो। ओलीले संसद् वा बाहिर कुनै पनि ठाउँमा आफूले दिएको अभिव्यक्ति देश र जनताप्रतिको समर्पणभावमा केन्द्रित रहेको बताए।

मंगलबार काठमाडौँमा अयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले आफ्ना अभिव्यक्ति अन्कन्ट्रोल हुने गरे पनि विचार प्रवाहमा भने कहीँ पनि त्रुटी नभएको जिकिर गरे।

ओलीले लोकतन्त्रलाई नेताहरुले मागीखाने भाँडो बनाउँदा टिकाउ नहुने गरेको स्पष्ट पारे। उनले लोकतन्त्रको विकल्प लोकतन्त्रै हुने भएकाले राजनीतिलाई आफूले सोहीअनुसार अघि बढाउने काम गरिरहेको दाबी गरे।

उनले भने,’मैले राजनीतिक सुरुदेखि नै अत्यन्तै निष्ठाका साथ गरेको छु। यसैअनुसार मेरो विचारधारा पनि प्रवाह भएको छ।’