images
images

यो अधिवेशन बढीभन्दा बढी विधेयक पारित गर्नमा केन्द्रित हुन्छः प्रधानमन्त्री

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको चालु अधिवेशन बढीभन्दा बढी विधेयक पारित गर्ने कुरामा केन्द्रित हुने बताएका छन्।

सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले संसदको चालु अधिवेशनमा बढीभन्दा बढी विधेयक ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताए। उनले संसद अधिवेशन राम्रो वातावरणमा शुरु भएको प्रतिक्रिया दिए।

उनले भने,  ‘यो अधिवेशन विधेयक अधिवेशन हो। बढीभन्दा बढी विधेयक ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ। आज राम्रो वातावरणमा शुरु भएको छ। अब अगाडि बढ्छ।’ संघीय संसदको दुवै सदनको अधिवेशन सोमवारदेखि शुरु भएको छ।