images
images

टेरामक्स खरिद प्रकरणमा मेरो नाम जोडेर अफवाह फैलाइयोः ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेरामक्स खरिद प्रकरणमा आफ्नो नाम जोडिएको सन्दर्भमा कुनै प्रतिक्रिया नभएको बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वमन्त्री कार्कीले टेरामक्स खरिद प्रकरणको सन्दर्भमा आफ्नो नाम जोडेर अफवाह फैल्याइएको बताए।

उनले यस सन्दर्भमा आफ्नो कुनै प्रतिक्रिया नभएको बताए। उनले भने, ‘म अफवाहको भरमा, मेरो यसमा कुनै प्रतिक्रिया छैन। र तपाईहरुलाई पनि स्वस्थ पत्रकारिता गर्नको निमित्त म आग्रह गर्छु। केही कुरा भए म पछि तपाईहरुसँग कुरा गर्नेछु। तपाई अनुसन्धान गर्नुस् जानुस्।’