images
images

क्यान्सर बिरामीको लागि वायुसेवा निगमको जहाजमा शतप्रतिशत छुट

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले क्यान्सर  पीडित बिरामीका लागि निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत निगम्ले काठमाडौँ-दिल्ली-काठमाडौं हवाई उडानमा क्यान्सर बिरामीलाई हवाई भाडामा शतप्रतिशत र बिरामी कुरुवालाई ५० प्रतिशत छुट दिइरहेको छ ।

यस्तो सेवा डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसको आधारमा निगमले छुट सेवा प्रदान गर्दै आएको छ ।

निगमको यस सेवा मार्फत गत वर्ष सन् २०२३ मा ७७० जना यात्रुले छुट सुविधा उपभोग गरेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

यसै सन्दर्भमा आज ४ फेब्रुअरी, विश्व अर्वुदरोग दिवस (वर्ल्ड क्यान्सर डे) को सन्दर्भमा ‘रोग लाग्नबाट बचौँ र बचाऔँ’ भन्ने मूल नारासहित निगमले ऐक्यबद्धता जनाएको छ ।

लामो समयदेखि क्यान्सर बिरामीलाई दिँदै आएको सुविधा थप निरन्तरता दिने प्रतिबद्धता जनाउँदै निगमले यस खालको सुविधाले बिरामी परिवारमा थोरै भए पनि राहत पुग्नेमा विश्वास व्यक्त गरेको छ ।