images
images

सामसुङका प्रमुखलाई शेयरसँग सम्बन्धित मुद्दामा सफाइ

दक्षिण कोरियाको एक अदालतले सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसुङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबीच सन् २०१५ को विवादास्पद कम्पनी एकीकरण हुँदा गरिएको शेयरसँग सम्बन्धित विभिन्न अपराधबाट सोमबार सफाइ दिएको छ।

योनहाप समाचार एजेन्सीका अनुसार अदालतले आलोचकहरूले खराब नियतले सामसुङको तेस्रो पुस्तामा लीलाई स्थापित गर्ने उद्देश्यबाट गरिएको भनी दावी गरेको एकीकरण (मर्जर) को माध्यमबाट ‘शेयरधारक’हरूलाई हानि पुर्‍याउने मनसायलाई मान्यता नदिएको ठहर गरेको छ।

योनहाप समाचार एजेन्सीका अनुसार अदालतको फैसलामा ‘लीको नियन्त्रणलाई बलियो बनाउनु र उनको उत्तराधिकार सुनिश्चित गर्नु मर्जरको एकमात्र उद्देश्य नभएको’ ठहर गरिएको छ।

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टको फैसलाले सन् २०१५ मा निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबीच भएको मर्जरमा शेयर मूल्यमा धाँधली, विश्वासघात र लेखासम्बन्धी भ्रष्टाचारलगायत विभिन्न आरोपबाट लीलाई सफाइ दिएको हो।

‘आजको फैसलाले एकीकरणका क्रममा कम्पनीहरूको शेयर विभाजन वैध थियो भन्ने ठहर गरेको छ। हामी अदालतको विवेकपूर्ण निर्णयका लागि हार्दिक धन्यवाद दिन्छौं,’ लीका वकिलद्वारा जारी संक्षिप्त वक्तव्यमा भनिएको छ।

आलोचकहरूले सन् २०१५ को अधिग्रहणले जानीजानी निर्माण फर्मको शेयर मूल्यलाई कम मूल्यांकन गरेको यसको शेयरधारकहरूलाई अनुचित रूपमा प्रभावित पारेको दावी गरेका थिए।

उच्चस्तरीय जालसाजी र अनियमितताको मुद्दामा जेल सजाय भुक्तान गरिसकेका ली सामसुङ इलेक्ट्रोनिक्सका वर्तमान कार्यकारी अध्यक्ष हुन्।

योनहापको एक रिपोर्टका अनुसार यस सम्झौतामा सामसुङको सी एण्ड टीको तीन वटा शेयर बजारिकरण शेयरको लागि प्रस्ताव गरिएको थियो।

अभियोजन पक्षले नोभेम्बरमा आफ्नो अन्तिम बहसमा कम्पनीहरूको शेयर विभाजन प्रक्रियामा समूह प्रमुखको सहज उत्तराधिकारको लागि ‘केही अवैध कार्यहरू अवलम्वन गरिएको उल्लेख गरिएको थियो।

लीले अदालतमा आफू ’मर्जरमा व्यक्तिगत स्वार्थ’ बाट प्रेरित नभएको बताएका थिए।