images
images

राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै

काठमाडौं : राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ।  बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  बिहान ११ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा मुख्यमन्त्रीहरू तथा स्थानीय तहका तहका प्रतिनिधि सहभागी हुने छन्।​

परिषद्को पहिलो बैठक गत असारमा पोखरामा बसेको थियो। उक्त बैठकले संघीयता कार्यान्वयनका लागि देखिएका समस्या ६ महिनाभित्र हटाउने लगायतका निर्णय गरेको थियो।