images
images

गोकुल बाँस्कोटाको आरोप: प्रचण्ड सरकारभन्दा नालायक सरकार इतिहासमै थिएन

काठमाडौं,२४ माघ । नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार इतिहासकै नालायक भएको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका सांसद बाँस्कोटाले आफूहरुले उठाएको शून्य समयका कुरा सरकारले नसुनेको भन्दै आक्रोश पोखेका हुन् ।

“काभ्रे जिल्लाका किसानले दूध बेचेको पैसा कहिले पाउँछन् । प्रधानमन्त्रीको भनाइ राज्य आइसक्यो भन्ने छ । यही हो राम राज्य ?,” उनको प्रश्न छ, “योभन्दा नालायक, गतिहीन, जवाफदेहिताविहीन इतिहासमा कहिल्यै थिएन । जसको न कान छ न आँखा छ, कहिले सुन्छ सरकारले ?”।