images
images

बाँसबारी प्रकरणमा पक्राउ परेका चौधरीसहित तीनै जना हिरासत्त मुक्त

बाँसबारी छालाजुत्ता प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीनै जना हिरासत्त मुक्त भएका छन्।

जिल्ला अदालत काठमाडौँले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनीहरू रिहा भएका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुरलाई गत माघ १८ गते पक्राउ गरेको थियो।

प्रहरी हिरासत भनिए पनि उनीहरू स्वास्थ्यको कारण देखाउँदै सुरुमा चिरायु र त्यसपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए।