images
images

‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नारा कार्यान्वयन गर्न कांग्रेस लाग्नुपर्छः प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गाउँगाउँमा सिंहदरबार भन्ने नारा कार्यान्वयन गर्न कांग्रेस लाग्नुपर्ने बताएका छन्।

शुक्रबार नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा फरक धेरै छ भन्ने कुरा नागरिकलाई दिने सेवासुविधाबाट बुझाउन सक्नुपर्ने बताएका हुन्।

उनले संघीय कानूनहरु बनाएर कार्यान्वयन गर्न नपाएको कारणले गर्दा कामकारबाहीमा ढिलासुस्ती भइरहेको बताए। संघीयता लागू गर्न काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

आवश्यक संघीय कानून बनाउनका लागि संघीय संसदबाट काम गर्न जरुरी रहेको बताए।