images
images

भाषण सुन्ने मानिस नहुँदा पनि भाषण गर्न छोड्दैनन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरु खालि भएपनि नेताहरु भाषण गरिरहेको देखिएको बताउनुभयो ।

सभापति देउवाले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गर्नुभयो । उहाँले नेताहरु आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताउनुभयो । उहाँले सरोज बाँगेलाई राष्ट्रिय सभाको टिकट नदिएकोमा धेरैले दुःखेसो व्यक्त गरेको भन्दै अर्को पटक जिताएर देखाउन आग्रह गर्नुभयो ।

सभापति देउवाले काठमाडौं देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा धेरै महत्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रस्ताव उदाहरणयोग्य बनाउन निर्देशन दिनुभयो ।